काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो ।
नेपालकी इन्दु बर्माले ३७ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक धेरै २९ रन बनाइन् । यस्तै डली भट्टले २५, कविता कुँवरले २३ र रुविना क्षेत्रीले २० रन बनाइन् । सीता रानामगरले ६ र कविता जोशीले २ रन जोडिन् ।
मलेसियाको बलर महिराह इजाती इस्लामीले २ विकेट लिइन् ।
प्रतिक्रिया