गाजामा युद्धविरामका लागि इजरायली सर्वसाधारणकै दबाब

गाजामा युद्धविरामका लागि इजरायली सर्वसाधारणकै दबाब

रिहाइका लागि पदयात्रा


ग्लोब नेपाल
54
Shares

इजरायल गाजा युद्ध अन्त्यका लागि इजरायली सर्वसाधारणले पनि दवाब दिन थालेका छन् । हमासबाट मुक्त भएका बन्धक तथा उनीहरुका परिवार जेरुसलमबाट पदयात्रा गर्दै दक्षिण इजरायलको किबुट्ज रेइम नजिकै नोभा पर्व भएको ठाउँमा आइरहेका छन् ।

गत ७ अक्टोबरमा हमासले अचानक आक्रमण गरी नोभा पर्व भइरहेको स्थानमा ठूलो नरसंहार गरेका थिए । हमासको कब्जामा रहेका बाँकी १ सय ३४ बन्धकहरुका तस्वीर बोकेर उनीहरुको सकुशल रिहाईका लागि हिजोदेखि लामो पदयात्रा थालिएको हो ।

शान्तिका लागि थालिएको अभियानले सार्थकता पाउनेमा पदयात्रामा सहभागीहरु आशावादी बनेका छन् । पछिल्लो समय बढेको युद्धविरामको सम्भावनाले उनीहरु पनि उत्साहित भएका हुन् ।

नोभा पर्वको त्यो उत्सव स्थल, जहाँ सयौं इजरायलीहरू मारिएका थिए र सयौंलाई बन्धक बनाएर गाजा लगाएको थियो । हमासको कब्जामा आफ्ना प्रियजनले बिताएका पीडादायी समयको अन्त्य हुनुपर्ने माग पदयात्रामा सहभागीहरुको छ ।

युद्धविराम सम्झौता सम्भव भएको बताउँदै त्यसका लागि पहल गर्न सरोकारवालाहरुसँग आग्रह समेत गरिएको छ । अमेरिका, इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले गत साता पेरिसमा वार्ता गरेपछि युद्धविरामको सम्भावना बढेको हो ।

आगामी सोमबारसम्ममा युद्धविरामको सम्झौता हुनसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनको भनाइले पनि आशा जगाएको हो ।