काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालका कुशल मल्लले अर्धसतक पूरा गरेका छन् । कुशलले ३० बलमा अर्धसतक पूरा गरेका हुन् । उनले ३० बलमा १ चौका र ४ छक्का प्रहार गरे । उनले आरिफ शेखसँग ८४ रनको साझेदारी गरिसकेका छन् । आरिफ ३१ रन बनाएर क्रिजमा छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले दोस्रो ओभरमै विकेट गुमायो । अनिल साह र आसिफ शेखले ओपनिङ गरेको खेलमा आसिफ दोस्रो ओभरको पहिलो बलमा एक रनमा बोल्ड भए ।
यस्तै चौथो ओभरमा कप्तान रोहित पौडेल ९ बलमा २ चौकाको मद्दतमा १० रन जोडेर आउट भए । सातौं ओभरको अन्तिम बलमा अनिल साह २३ रनमा आउट भए। उनले १७ बलमा ३ छक्का प्रहार गरे ।
अर्को ओभरमा गुल्सन झा २६ रन बनाएर खेलिरहदा बर्नाल्ड स्कोल्ट्जको एलबिडब्लूको धरापमा परे । त्यतिबेला नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा ६४ रन जोडेको थियो ।
सिरिजका सुरुवाती दुई खेलमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो ।
प्रतिक्रिया