काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ः४५ बजे १४ जनाले शपथ लिनेछन् ।
जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन ।
जसका लागि राष्टपति भवन, शितल निवासमा साँझ ५ः४५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।
यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिदैँछन । बिना बिभागीय मन्त्रीको हैसियतमा सपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन् ।
मन्त्रीहरूका कार्यविभाजन :
एमाले
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था
माओवादी
नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सञ्चार
हितबहादुर तामाङ, पर्यटन
रास्वपा
रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा


प्रतिक्रिया