नेपाल र हङकङबीचको टी-२० आई क्रिकेट वर्षाका कारण रद्ध

नेपाल र हङकङबीचको टी-२० आई क्रिकेट वर्षाका कारण रद्ध



काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्ध भएको छ ।

नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो ।

यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि पानी नै रोकिएन र अम्पायरले खेल रद्ध गरेको घोषणा गरे ।

नेपालका लागि करण केसी र गुल्शन झाले विकेट लिएका थिए ।

खेल रद्द भएसँगै नेपाल र हङकङले एक-एक अंक बाँढेका छन् । नेपालले अब मंगलबार पपुवा न्युगिनसँग खेल्ने छ ।