काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाअन्तर्गत आज नेपाल र पपुवा न्यूगिनी उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल आज बिहान ११:४५ बजे सुरु हुनेछ । हिजो लिग चरणको अन्तिम खेलमा पीएनजीले हङकङलाई हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
पहिलो खेलमा नेपालसँग ८५ रनले पराजित पीएनजीले हङकङलाई १० विकेटले हराएको हो । हिजो नै भएको खेलमा पीएनजीविरुद्ध सानदार जित हात पार्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटिएको थियो । पपुवा न्यूगिनीले दुई खेलमा दुई अङ्क जोडेको छ भने दुई खेल खेलेको नेपालले तीन अङ्क बनाएको छ । हङकङ समान खेलबाट एक अङ्कका साथ फाइनल पुग्नबाट बञ्चित भयो ।
प्रतिक्रिया