ग्लोबल मनी विकको अवसरमा पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम संचालन

ग्लोबल मनी विकको अवसरमा पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम संचालन



काठमाडौं । Global Money Week 2024 को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्ति विकास गराउने उद्धेश्यका साथ सानिमा क्यापिटल र सानिमा सेक्युरिटीज लिमिटेडको संयुक्त आयोजनामा नेपालको पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम चैत्र ०७ गते सफलतापूर्वक संचालन गरिएको छ ।

कार्यक्रम नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष सहभागितामा धापासी, काठमाडौं स्थित काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजी क्याम्पसमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक भुवन देशारका साथै सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सानिमा सेक्युरिटीजका प्रमुख कार्यकारी अधिकृत सन्जिव पौडेल लगायतका कर्मचारीहरुको प्रत्यक्ष सहभागितामा नेपालको पूँजीबजार क्षेत्रको विभिन्न आयामहरुको बारे छलफल तथा प्रस्तुति गरिएको थियो ।

उक्त कार्यक्रम मार्फत युवा तथा विद्यार्थीहरुले नेपालको पूँजीबजार सम्बन्धी शिक्षा प्राप्त गरी सो ज्ञानलाई आगामी दिनहरुमा व्यवहारमा लागु गरी आफ्नो आम्दानीलाई बचत तथा लगानी गर्ने बानीको विकास हुने अपेक्षा समेत गरिएको छ ।