विराटनगर भन्सार कार्यालयका प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विराटनगर भन्सार कार्यालयका प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । विशेष अदालत काठमाडौंमा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सापकोटा, भन्सार अधिकृत नवकुल शर्मा समान आयात गर्ने देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरवहादुर वस्नेत र भंसार एजेण्टको प्रतिनिधि सरन कुमार खरेलविरुद्ध मुद्दा दायर गरको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रमुख सापकोटाको मिलोमतोमा चीनबाट आयत भएको सामानको प्रज्ञापन पत्र नं. ७२६ मिति २०७९।०९।२० मा दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनिमियतता पुष्टि भएको दाबी गरेको छ ।

उक्त गैरकानुनी कार्य भएको सूचना बाहिरिएपछि २०७९ माघ १० गते नयाँ प्रज्ञापन पत्र ४०५७ दर्ता गरी गराई मिति सुरु घोषणा गरेको रकम अमेरिकी डलर ७३ हजार ४ सय ३२ मा ८६ हजार नौ सय नौ डलर मूल्य थप गरी गराई भन्सार प्रक्रिया पूरामा छिराएको आयोगको दाबी छ । उनीहरु विरुद्ध ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बिगो कायम गरेको छ ।