काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरात क्रिकेट एसोसिएसनसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार भारतको वापीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनायो ।
नेपालका लागि कप्तान रोहितले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्बाधिक ७४ रन बनाए । त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले ३१, कुशल भुर्तेलले १९, दिपेन्द्र सिंह ऐरी र सन्दीप जोराले ७/७ रन बनाएका थिए ।
त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन पटेल र तेजस पटेलले एक/एक विकेट लिएका थिए ।
प्रतिक्रिया