ओलीको फोन शंकरले नउठाएपछि विष्णुलाई लगाएर पोखरेललाई गुण्डु पुर्याइयो

ओलीको फोन शंकरले नउठाएपछि विष्णुलाई लगाएर पोखरेललाई गुण्डु पुर्याइयो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। एमाले स्थायी कमिटीको जारी बैठकमा आफ्नो पक्षमा बहुमत नदेखिएपछि अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेललाई हार गुहार गरेका छन ।

हिजो (शुक्रबार)को बैठकमा केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटीमा सदस्य थप, पोलिट्ब्यूरो, ज्येष्ठ कम्युनिष्ट मञ्च र विभागका जिम्मेवारीका निम्ति ओली एक्लैले तयार पारेको सूची पेश गर्न खोज्दा अस्वीकार गरिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।

बैठकका बढीजसो सहभागी नेताले ओलीको एकल प्रस्तावलाई स्वीकार गर्न नसकिने भनेपछि शुक्रबारको बैठकमा प्रस्ताव स्थगित भएको थियो । बैठकले अध्यक्ष ओलीलाई सल्लाह गरेरमात्र पेश गर्ने म्याण्डेड दियो । बैठकलगत्तै घर पुगेका ओलीले महासचिव शंकर पोखरेललाई फोन गरे ।

धेरैपटक गर्दा पनि उनले फोन रिसिभ गरेनन् । बैठकको अध्यक्षता, सञ्चालन र प्रस्ताव प्रस्तुतसमेत ओली एक्लैले गरेपछि महासचिव पोखरेल असन्तुष्ट छन् । अध्यक्षसँगै बस्ने उनको कुर्सीसमेत आठौँ स्थानमा सारिएको थियो । ओलीले गरेको फोन र म्यासेजसमेत पोखरेलले रेस्पोन्स गरेनन् ।

त्यसपछि उनले अर्का नेता विष्णु रिमाललाई फोन गरेर पोखरेललाई लिएर भक्तपुर, गुण्डुस्थित आफ्नो घर आउन भने । अध्यक्षले भनेबमोजिम रिमाल पोखरेलको घरमा गए ।

तर, धेरैबेर आग्रह गर्दा पनि पोखरेलले मानेका थिएनन् । उनले आफ्नो मोबाइलबाटै अध्यक्ष र महासचिवको कुरा गराए । त्यसपछि पोखरेल गुण्डु जान तयार भए ।

पोखरेल रिमालको गाडीमा उनीसँगै गुण्डु पुगेका थिए । ओलीको सचिवालयका एक सदस्यका अनुसार मध्यरातसम्म छलफल चलेको थियो ।