काठमाडौं । चैत ३० देखि ओमानमा हुने एसिसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) ने प्रिमियर कप खेल्ने नेपालको १४ सदस्यीय टिम सार्वजनिक गरेको हो ।
नेपाली टिममा सबै भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन् । भारतमा गएका आकास चन्द नेपाली टिममा छैनन् ।
खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग ३० चैतमा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल कतारसँग १ वैशाखमा, तेस्रो खेल हङकङसँग ३ वैशाख र चौथो खेल साउदी अरेबियासँग ५ वैशाख खेल्नेछ ।
समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल ७ वैशाख र फाइनल ९ वैशाखमा हुनेछ ।
यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ ।
कपमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।
टी-२० फर्म्याटमा हुने कपमा आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् ।
नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह ।
प्रतिक्रिया