काठमाडौं । आज नेपाली सेना दिवस । सेनाले भव्यरूपमा सेना दिवस मनाएको छ। शिवरात्रि तथा सेना दिवसका अवसरमा मंगलबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको भव्य कार्यक्रममा सेनाले बढाइँ तथा सैनिक कला प्रदर्शनी गरेको छ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमखि अतिथि रहेकी थिइन् । सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी शहिदहरुप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् । नेपाली सेनाको सम्मान गारतले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो ।
सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा हेलिकप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा र ‘महाशिवरात्री तथा सेना दिवस –२०७८’ लेखिएको व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिएको थियो ।
टुँडिखेलमा सेनाले राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरेको थियो । टुँडिखेलमा विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन, शान्ति कार्य, प्रकृति संरक्षण, आर्टिलरी, कम्व्याट इन्जिनियर्स, सैनिक सञ्चार तथा हवाई सुरक्षा सम्बन्धी विभिन्न हात/हतियार, भेहिकल तथा उपकरण र विभिन्न संस्कृती झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो ।
समारोहमा राष्ट्रपतिले ‘सिपाही बार्षिक–२०७८’ र ‘ग्लोरियस पास्ट अफ नेपाल आर्मी’ नामक पुस्तकको विमोचन गरेकी थिइन् । ‘महाशिवरात्री तथा सेना दिवस–२०७८’ को अवसरमा बहालवाला रथी ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना, अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र गैह्र सैनिक ४३ जना गरि जम्मा ७१५ जनालाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरिएको थियो ।
तोप बढाई महाशिवरात्रि तथा सेना दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा तोप बढाई गरिँदै । तस्बिर: रत्न श्रेष्ठ/राससमाचपास गर्दै नेपाली सेना महाशिवरात्रि तथा सेना दिवसका अवसरमा मङगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा मार्चपास गर्दै नेपाली सेना । तस्बिरः रत्न श्रेष्ठ/राससमाचपास गर्दै नेपाली सेना महाशिवरात्रि तथा सेना दिवसका अवसरमा मङगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा मार्चपास गर्दै नेपाली सेना । तस्बिरः रत्न श्रेष्ठ/राससमाचपास गर्दै नेपाली सेना महाशिवरात्रि तथा सेना दिवसका अवसरमा मङगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा मार्चपास गर्दै नेपाली सेना । तस्बिरः रत्न श्रेष्ठ/राससनृत्य प्रस्तुत महाशिवरात्रि तथा सेना दिवसका अवसरमा मङगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै नेपाली सेनाका कलाकार । तस्बिरः रत्न श्रेष्ठ/राससभेइकल प्रदर्शन महाशिवरात्रि तथा सेना दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा विभिन्न हतियारसहितको भेइकल प्रदर्शन गरिँदै । तस्बिरः रत्न श्रेष्ठ/राससमहाशिवरात्रि तथा सेना दिवस कार्यक्रम महाशिवरात्रि तथा सेना दिवस कार्यक्रममा मङगलबार टुँडिखेलमा सहभागी हुनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट महानुभावहरु । तस्बिरः रत्न श्रेष्ठ/राससफ्रिफल जम्पका विजयी पुरस्कुत राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा टुँडिखेलमा मङगलबार आयोजित कार्यक्रममा फ्रिफल जम्पका विजयीलाई पुरस्कार प्रदान गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया