जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आइतबार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् ।
साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न मानेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए ।
साथै माओवादी केन्द्रले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।
योसँगै मधेश प्रदेसको सरकार अल्पमतमा परेको छ । यहि बैशाख ४ गते मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिदा ६१ मत पाएका थिए ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । माओवादी केन्द्र बाहिरिएपछि अब उनको पक्षम ५२ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको छ ।
मधेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक/एक सांसद रहेका छन् ।
त्यसैगरी मधेस सरकारबाट नेकपा एमाले पनि बाहिरिने तयारी गरेकाे छ । त्यसका लागि अहिले जनकपुरमा एमाले मधेस प्रदेश संसदीय दलको बैठक बसिरहेको छ ।
प्रतिक्रिया