जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आइतबार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिए लगत्तै माओवादीले समर्थन फिर्ता लिएको हो ।
माओवादी दलका नेतासमेत रहेका साहले आजकै मितिबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् । योसँगै जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा परेका छन् ।
प्रतिक्रिया