प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित



काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको छ ।

आज बिहानैदेखि सत्ता पक्ष र विपक्षी दलहरु आआफ्नो रणनीति बनाउन व्यस्त रहेका छन् ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसले आफ्नो संसदीय दलको बैठक बसेर संसदमा रहेका विपक्षी दलहरुसँग समेत छलफल गरेको छ ।