तेस्रो बिहेको तयारीमा अभिनेता ब्राड पिट

तेस्रो बिहेको तयारीमा अभिनेता ब्राड पिट



लस एञ्जलस । ब्राड पिट हलिउडका सर्वाधिक चर्चित अभिनेतामध्ये एक हुन् । उनी प्रायः आफ्नो काम र निजी जीवनका कारण हेडलाइन बनिरहन्छन् ।

उनी अहिले आफ्नो प्रेम जीवनका कारण चर्चामा छन् । मिडिया रिपोर्ट्सका अनुसार पिट छिट्टै प्रेमिका इनेससँग बिहे गर्दैछन् । पिटले उनलाई बिहेका लागि प्रपोज गर्ने तयारी गरिरहेका छन् । इनेससँग पिटले बिहे गरे भने यो उनको तेस्रो बिहे हुनेछ ।

पिटले सन् २००० मा पहिलो पटक जेनिफर एनिष्टनसँग बिहे गरेका थिए । यो बिहे सन् २००५ सम्म चल्यो । त्यसपछि सन् २०१४ मा पिटले चर्चित अभिनेत्री एन्जेलिना जोलीसँग दोस्रो बिहे गरे । यो जोडीको ६ बच्चा छन् । एन्जेलिना जोलीले पिटमाथि शारीरिक उत्पीडनको आरोप लगाएकी थिइन् । सन् २०१९ मा दुवैले सम्बन्ध विच्छेद गरे ।