टी–२० विश्वकपमा आज अस्ट्रेलिया र भारत खेल्दै

टी–२० विश्वकपमा आज अस्ट्रेलिया र भारत खेल्दै



काठमाडौं । टी–२० विश्वकपमा आज भारत र अस्ट्रेलियाबीच खेल हुनेछ । सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि हुने छ ।

भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ । अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो ।

सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

क्रिकेटमा भारत र अस्ट्रेलियाको प्रतिस्पर्धा सधै रोचक हुन्छ । टी-२० विश्वकप क्रिकेटको ‘सुपर-८’को समूह -१ मा यिनै दुई देशको रोचक प्रतिस्पर्धा आज हुँदैछ । जारी विश्वकपको समूह-१ को यो सबै भन्दा महत्त्वपूर्ण खेल हो । यसलाई नै धेरै क्रिकेटप्रेमीले फाइनल सम्झिएर हेर्नेछन् ।

यो प्रतिस्पर्धाको परिणामसँगै विभिन्न किसिमको सम्भावना देखिएका छन् ।

आज भारतलाई जितेमा अस्ट्रेलिया पनि सेमिफाइनलमा पुग्नेछ । तर आज भारतसँग हारेमा भने भोलि बङ्गलादेश र अफगानिस्तानको खेलको नतिजा कुर्नुपर्नेछ । आज अस्ट्रेलिया भारतसँग हारेमा र भोलि अफगानिस्तानले बङ्गलादेशलाई हराएमा अफगानिस्तान नै सेमिफाइनलमा पुग्नेछ । तर भोलि बङ्गलादेशले अफगानिस्तानलाई हराएमा भने अस्ट्रेलिया अन्तिम चारमा प्रवेश गर्नेछ ।

यसअघि समूह ‘दुई’ बाट इङ्गल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन् । आज बिहान आयोजक वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको हो ।