डा. आरजुद्वारा ९ वटा सञ्चार संस्थाविरुद्ध प्रेस काउन्सिलमा उजुरी

डा. आरजुद्वारा ९ वटा सञ्चार संस्थाविरुद्ध प्रेस काउन्सिलमा उजुरी


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेपाली कांग्रेस नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले ९ वटा सञ्चारगृहविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएकी छन् । उनले भ्रामक समाचार हटाएर चरित्र हत्या गर्ने मनासयले प्रकाशित प्रशारण भएका सञ्चारमाध्यमलाई कारबाही गरी पाउ भनी प्रेस काउन्सिलमा उजुरी दर्ता गराएको उनको स्वकीय सचिव कमल रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेस पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजुले योहो टेलिभिजन, सगरमाथा टेलिभिजन, न्यूज २४ नेपाल, प्राइम टाइम्स एचडी, कान्तिपुर एचडी, एकता टिभी नेपाल, नेपाली खबर टिभी, खोजिनीति खबर र कलर अफ नेपालविरुद्ध उजुरी दर्ता गराएकी हुन् ।

विशेषतः नक्कली भुटानी शरणार्थी प्रकरणमा हालै पक्राउ परेका बेचन झासँग नाम जोडेर समाचार प्रशारित र प्रकाशित भएका छन् ।