सप्तकोशीमा पानीको वहाव यो वर्षकै उच्च, ४६ ढोका खोलिए

सप्तकोशीमा पानीको वहाव यो वर्षकै उच्च, ४६ ढोका खोलिए


ग्लोब नेपाल
189
Shares

सुनसरी । तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा सुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव यो वर्षकै उच्च मापन गरिएको छ । पुर्वी पाहाडि क्षेत्रमा केहि दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको बहावमा वृद्धि भएको कोशी व्यारेजस्थित प्रहरी चौकीले जनाएको छ ।

आज विहान ७ बजेर ३० मिनटमा कोशी कन्ट्रोल कक्षले गरेको मापनअनुसार कोशी ब्यारेज भएर ३ लाख ४२ हजार ५ सय २० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको कोशी व्यरेज प्रहरी चौकिका प्रहरी नायव निरिक्षक सुभाषचन्द्र सुनुवारले जानकारी दिनुभएको छ ।

कोशी व्यारेजको ५६ ढोकामध्ये अहिले ४६ ढोका खुला गरिएको छ । पानीको वहान निरन्तर वढ्न थालेपछि कोशीको पुलमा रातो वत्ति बालिएको छ भने खतरको संकेत गर्दै रातो झण्डा समेत रारिखएको छ ।

कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भएसगै कोशी आसपासका क्षेत्रका वासिन्दालाइ सर्तक रहन स्थानिय प्रशासनले आग्रह समेत गरेको छ ।