प्रधानमन्त्री पद गुमाएसँगै राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

प्रधानमन्त्री पद गुमाएसँगै राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पद गुमाएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास पुगेकाका हुन् ।

शुक्रबार प्रतिनिधिसभामा प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भएसँगै उनी पदमुक्त भएका हुन् । मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएकामा उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

प्रचण्डले आफ्नो १८ महिने कार्यकालमा विश्वासको मत लिएको यो पाँचौं पटक हो ।