चार मन्त्री माग गर्ने शेखर समूहको निर्णय

चार मन्त्री माग गर्ने शेखर समूहको निर्णय



काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहकाे बैठक विशालनगरमा बसेकाे छ ।

बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए ।

कोइराला समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ ।

विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।

समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुने निर्णय गर्दै पार्टीबाट मन्त्री पठाउन मापदण्डसमेत बनाएको थियाे ।

सभापति शेरबहादुर देउवाले सोमबार बिहान मन्त्रीहरूको नाम ओलीलाई दिने तयारी गरेका छन् ।