मलाई मेरो जुत्ता लिन दिनु होस् : ट्रम्प

मलाई मेरो जुत्ता लिन दिनु होस् : ट्रम्प



अमेरिका । पेन्सिल्भेनियाको बटलरमा एक चुनावी प्रचार प्रसारमा गोली प्रहार भएको केही क्षणपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मन्चबाट बाहिर निकाल्दा उनको कान र गालामा रगत लागेको देखियो । उक्त तस्बिर बिश्वब्यापीरुपमा संचार माध्यम र सामाजिक संजाल भरि भराउ भएका छन् ।

ट्रम्प भाषणको बीचमा बोल्दै थिए र हाउभाउ सहित कुरा राख्दै थिए त्यतिकैमा गोली चल्यो । गोप्य सेवाका जासुसहरूले उनलाई तुरुन्तै घेरे । उनले आफ्नो कान समाते र मंच मुनी लुके । अर्को गोली चल्यो र एक महिला चिच्याइन ।

गोप्य सेवा जासुसहरु सबै मंचमा पुगे । मंचमा लुकेका ट्रम्पलाई गुप्तचरहरुले माथि उठाए । “मलाई मेरो जुत्ता लिन दिनुहोस्, मलाई मेरो जुत्ता लिन दिनुहोस् ।” ट्रम्पले भने । “मैले फेला पारे मैले फेला परे,” एक पुरुष गुप्तचरले भने । अर्को गुप्तचरले उनकाे टाउकोमा रगत भएको बताए । अर्का जासुसले फेरी भने तपाईलाई यहाँबाट लानु पर्छ । ट्रम्पले जुत्ता मागे पछि एक महिला जासुसले हुन्छ भनिन ।

ट्रम्पको कानमा रगत आए पछि मुख सम्म पनि फैलिएको थिए । उनले भने ३ पटक पर्खनु होस् भने । त्यसपछि उनले भीडमा मुट्ठी देखाए र फाईट अर्थात् संघर्ष /युद्धको नारा लगाए । ट्रम्प र गुप्तचर जासुसहरुमंच बाट बाहिर जाँदै गर्दा मुनि बसेका भीडले युएसए युएसएस नारा लगाए ।

गोली हान्ने पेन्सिलभेनियाकै युवक २० बर्षिय थोमस म्याथ्यु क्रक्स रहेको बताएको छ ।

यस घटनामा सुरक्षाकर्मीले गोली हान्ने युवकलाई घटनास्थलमै गोली हानेका थिए र उनको मृत्यु भएको छ । युवकको गोली लागेर एक ट्रम्प समर्थकको पनि मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।