काँग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम

काँग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम


ग्लोब नेपाल
648
Shares

काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । सत्ता समीकरण फेरिएपछि काँग्रेसको भागमा ९ मन्त्रालय परेको छ ।

जसमा चार मन्त्रालय संस्थापन इतरका शेखर कोइराला र गगन थापा नेतृत्वको समूहलाई दिइएको छ । काँग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय परेका छन्।

काठमाडौं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् । उनले ऊर्जा वा रक्षा मन्त्रालयको विभागीय जिम्मेवारी पनि पाउनेछन् ।

गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया र सहरी विकासमा किशोरसिंह राठौरको नाम तय भएको छ ।

यस्तै शेखर–गगन समूहको मन्त्री बन्ने चार जनामा स्वास्थ्यमा प्रदीप पौडेल, पर्यटनमा रामनाथ अधिकारी, कानुन वा कुनै एकमा हृदयराम थानी र ऊर्जा वा अर्को कुनै मन्त्रालयमा तेजुलाल चौधरीको नाम तय भएको छ ।