प्राकृतिक प्रकोपबाट निर्माण भएको परिस्थितिलाई सम्बोधन हुन्छ : गृहमन्त्री लेखक

प्राकृतिक प्रकोपबाट निर्माण भएको परिस्थितिलाई सम्बोधन हुन्छ : गृहमन्त्री लेखक



काठमाडौँ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले  सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रस्टाचार नियन्त्रण र अर्थतन्त्रलाई बलियो बनाउने रहेको बताएका छन् । 

शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै गृहमन्त्री लेखक सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रस्टाचार नियन्त्रण र अर्थतन्त्रलाई बलियो बनाउने रहेको बताएका हुन् ।

मन्त्री लेखकले आफ्नो पहिलो काम प्राकृतिक प्रकोपबाट निर्माण भएको विषम परिस्थितिलाई सम्बोधन गर्ने हुने बताएका छन् ।  उनले आफ्ना सबै काम विधिको शासन कायम गर्नमा केन्द्रित हुने बताउदै आफुले सहयोग पाउनेमा विश्वस्त रहेको बताए ।

लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल गठन गरेका छन् । 

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो ।

सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस भेटिएका छैनन् ।