काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हालेकोमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बधाई दिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शरीफले प्रधानमन्त्री ओलीलाई बधाई दिँदै कार्यकालको शुभकामना पनि दिएका छन् । समकक्षी शरीफले पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताएका छन् ।
नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानी प्रधानमन्त्री शरीफले प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त पनि गरेका छन् ।


प्रतिक्रिया