प्रधानमन्त्री ओलीलाई समकक्षीको बधाई

प्रधानमन्त्री ओलीलाई समकक्षीको बधाई



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देशका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनलाई अहिलेसम्म भारत, भुटान र पाकिस्तानका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बधाई तथा शुभकामना दिएकाे नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा.राजन भट्टराईले जानकारी दिए । उनीहरूले प्रधानमन्त्री ओलीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल र आफ्नो देशबिचको सम्बन्ध अझ बढ्ने विश्वास व्यक्त गरेका छन् ।