राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने


ग्लोब नेपाल
27
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

अहिले सत्ता टिकाउनको लागि आफूहरुको मत आवश्यक पनि नभएको उनको तर्क छ। संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशङ्का गर्ने धेरै ठाउँ देखाएको बताए । राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने उनको भनाइ छ।