परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट

परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट



काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयलमा आज भएको भेटवार्तामा नेपाल-गणतन्त्र कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री डा.राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।