लुम्बिनीमा एमाले र कांग्रेसले टुंगो लगाए मन्त्रीको नाम

लुम्बिनीमा एमाले र कांग्रेसले टुंगो लगाए मन्त्रीको नाम


ग्लोब नेपाल
324
Shares

दाङ । लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम कांग्रेस(एमालेले टुंगो लगाएका छन । पार्टी केन्द्रीय समितिले दिएको नामावलीको आधारमा दुवै पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् ।

नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको छ । अघिल्लो सरकारमा मन्त्री बनेका दुई जनालाई दोहोर्‍याइएको छ भने दुई जना नयाँ अनुहारलाई मन्त्रीमा स्थान दिइएको छ ।

कांग्रेस-एमाले समीकरणका आधारमा लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनिसकेका छन् । उनको क्याविनेटमा एमालेको तर्फबाट गुल्मीका दिनेश पन्थी, रूपन्देहीका भूमिश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू र दाङबाट सीता चौधरी शर्मालाई मन्त्रीको रुपमा सहभागी हुनेछन् । पन्थी अघिल्लो सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री र ढकाल खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री थिए ।

कांग्रेसले पनि लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंगो लगाएको छ । बर्दिया जिल्लाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने जनाइएको छ ।

गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्ड विक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीको नाम मन्त्रीको रुपमा टुंगिएको जनाइएको छ ।

नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण गर्ने कार्यक्रम छ । सुरुमा मन्त्रीहरुले विना विभागिको रुपमा सपथ लिने र पछि जिम्मेवारी तोकिने बताइएको छ ।