लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण



घोराही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धन र भ्रष्ट्राचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना लागु गर्ने निर्णयमा हस्ताक्षर गरे ।

राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान गठबन्धन सरकार सुशासन कायम गर्न, प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकारलाई असफल हुने छुट नभएको भन्दै मुख्यमन्त्री आचार्यले जनताले प्रदेश सरकारको अनुभूति गर्नेगरी काम गर्ने बताए ।

पदभार ग्रहणपछि प्रमुख सचिव, सचिव तथा कर्मचारीसँग छलफल गर्दै मुख्यमन्त्री आचार्यले उच्च मनोबलका साथ जनताको पक्षमा काम गर्न निर्देशन दिए ।