लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन

लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन



घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् ।

कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

मुख्यमन्त्री आचार्यले नौ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । मुख्यमन्त्री आचार्यले बुधवार नै शपथ लिएर नौ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन्

मुख्यमन्त्री आचार्यले कांग्रेस र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन् ।

नयाँ मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सीता शर्मा रहेका छन् । मन्त्रालय भागबन्डामा सहमति नजुटेकोले उनीहरूको मन्त्रालय भने तोकिएको छैन । हाललाई ११ वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई नै तोकिएको छ ।