काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोरोना महामारीका कारण भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्य बढ्दा नेपालमा प्रभाव परेको बताएका हुन् ।
यसबाहेक रुस युक्रेन युद्धका कारणले समेत नेपालमा मूल्यवृद्धिको कारण बनेको अधिकारीले बताए । यस्तै चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्यभित्रै रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको उनले बताए ।
भारतमा दाल, चालम लगायतको मूल्य बढ्दा र रुसु युक्रेन युद्ध तथा खाडीमा जारी युद्धका कारण नेपालमा खाद्यान्नको मूल्य बढ्न सक्ने भने जोखिम कायमै रहेको बैंकको भनाइ छ । यद्यपि चालू वर्षमा सरकारले लिएको लक्ष्य भित्रै मुद्रास्फीति बढ्ने राष्ट्र बैंकको अनुमान छ ।
मूल्य वृद्धिदर ५.५ प्रतिशतमा कायम राख्ने लक्ष्य
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ । बजेटले आर्थिक वर्ष २०८१–८२ मा ५.५ प्रतिशतमा मूल्य वृद्धि सीमित हुने र ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
राष्ट्र बैंकको तथ्यांकले गत जेठमा मासिक आधारमा ३४ महिनायताकै न्यून मूल्य वृद्धिदर देखिएको छ । जेठमा मूल्य वृद्धिदर ४.१७ प्रतिशत देखिएको छ ।
वार्षिक आधारमा भने यो वर्ष जेठसम्मको औसत मूल्य वृद्धिदर ५.६२ प्रतिशत छ । राष्ट्र बैंकले वार्षिक मूल्य वृद्धि ६.५ प्रतिशतमा सीमित राख्न लक्ष्य लिएको थियो ।
गत आर्थिक वर्षको जेठसम्मको औसत मूल्य वृद्धि दर ७.७७ प्रतिशत रहेको थियो । गत वर्षभरीको मूल्यवृद्धि दर औसतमा ७.७४ प्रतिशत थियो।
नीतिगत दर घट्यो
राष्ट्र बैंकले ‘सजगतपूर्वक लचक’ मौद्रिक नीति सार्वजनिक गरेको छ चालू आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ ।
गभर्नर अधिकारीले हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारिएको बताए । त्यस्तै बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।
प्रतिक्रिया