अर्जेन्टिनाले भिएआरको निर्णयविरुद्ध फिफामा गरेको उजुरी अस्वीकार

अर्जेन्टिनाले भिएआरको निर्णयविरुद्ध फिफामा गरेको उजुरी अस्वीकार



काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन खेलमा मोरक्कोविरुद्ध अन्तिम समयमा बराबरी गोल गरेपनि मान्यता नदिएको भन्दै अर्जेन्टिनाले गरेको उजुरीलाई अस्वीकार गरेको छ ।

अर्जेन्टिनाको फुटबल संघ (एएफए) का प्रमुखले शनिबार उक्त कुरा बताएका हुन् । ‘मोरक्कोविरुद्धको खेलमा भएको घटनाका सम्बन्धमा हामीले दर्ता गरेको उजुरी फिफाको अनुशासन समितिले अस्वीकार गरेको छ,’ एएफए अध्यक्ष क्लाउडियो ‘चिकी’ तापियाले एक्समा भने ।

पेरिस ओलम्पिकको पुरुष फुटबलको पहिलो खेलमा अर्जेन्टिना मोरक्कोसँग २–१ गोलअन्तरले पराजित भएको थियो । सुरुमा २–२ गोलको बराबरीमा खेल सकिएको थियो । तर, त्यसको दुई घण्टापछि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले अर्जेन्टिनाको अन्तिम गोललाई मान्यता दिएन ।