काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडलले शुक्रबार कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।
चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यससँगै गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
प्रतिक्रिया