काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।
यसअघि लाइन जोड्ने विषयमा असहमति जनाएका भक्तबहादुर पुन र कपिल आचार्यलाई स्पष्टीकरण सोध्दै सरकारले पदमुक्त गरेको थियाे ।
स्पष्टीकरणमा चित्त नबुझेको भन्दै उनीहरूलाई पदमुक्त गरी नयाँ सञ्चालक नियुक्त गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतले जानकारी दिएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन नमानेको र सरकारलाई असहयोग गरेको भन्दै गत साता पुन र आचार्यलाई स्पष्टीकरण सोधिएको थियो ।
कार्की यसअघि ऊर्जा सचिव थिए । गुरुङ पञ्चेश्वर विकास प्राधिकरणमा थिए ।
प्रतिक्रिया