अमेरिकामा आर्थिक मन्दीको आशंकाबीच विश्वभरको शेयर बजारमा गिरावट

अमेरिकामा आर्थिक मन्दीको आशंकाबीच विश्वभरको शेयर बजारमा गिरावट



वासिङ्टन । अमेरिकामा आर्थिक मन्दीको आशंकाबीच आज विश्वभरको शेयर बजारमा गिरावट आएको छ । युरोप, एशियासहित विश्वभरको शेयर बजार ओरालो लागेको हो ।

आज जापानको स्टक एक्सचेन्ज ‘निकेई’ चार हजार चार सय ५१ अर्थात् १२ दशमलव ४० प्रतिशतले घटेर ३१ हजार चार सय ५८ विन्दुमा झरेको छ । यो सन् १९८७ यताकै उच्च गिरावट हो ।

यस्तै अमेरिकाको डो जोन्स एक दशमलव ५१ प्रतिशत, नास्डक कम्पोसाइट दुई दशमलव ४२ प्रतिशत र एस एन्ड पी फाइभ हन्ड्रेड एक दशमलव ८४ प्रतिशतले घटेको छ ।

यसैगरी युरोपमा जर्मनीको ‘ड्याक्स’ दुई दशमलव तीन प्रतिशत, फ्रान्सको क्याक फोर्टी एक दशमलव नौ प्रतिशत र बेलायतको फुट्सी एक सय दुई अंकले घटेको छ ।

साथै भारतीय स्टक एक्सचेन्ज सेन्सेक्स दुई दशमलव ७४ प्रतिशत र निफ्टी दुई दशमलव ६८ प्रतिशतले ओरालो लागेको छ ।