काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।
हेलिकप्टार दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बस्ने तयारी भएको सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भेटघाटलाई संक्षिप्त बनाएका थिए ।
प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएका छन् ।
प्रतिक्रिया