काठमाडौं । सरकारले बुधबार नुवाकाेटमा भएकाे हेलिकाेप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय जाँच आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेकाे हाे ।
आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिनभित्र प्रतिवेदन बुझाउन समयावधि दिइएकाे छ ।
बुधबार दिउँसाे नुवाकोटमा एयर डाइनेस्टीको हेलिकाेप्टर दुर्घटना हुँदा पाइलटसहित पाँच जनाको मृत्यु भएको थियो । त्यसपछि आकस्मिक बाेलाइएकाे मन्त्रिपरिषद् बैठकले जाँच आयाेग गठन गर्ने निर्णय गरेकाे हाे ।
प्रतिक्रिया