तनहुँकाे दमौली अस्पतालमा ज्वरो, डेङ्गी र झाडापखालाका बिरामी बढे

तनहुँकाे दमौली अस्पतालमा ज्वरो, डेङ्गी र झाडापखालाका बिरामी बढे



तनहुँ । तनहुँ सदरमुकाम दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । एक हप्तादेखि ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या धेरै बढेको अस्पतालले जनाएको छ ।

असारदेखि अहिलेसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा. कमल भण्डारीले जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सय जनासम्म ज्वरो, डेङ्गी र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन् ।

वर्षा लागेसँगै बिरामी बढेकाले उहाँले खानेकुरा,पानी र सरसफाइमा ध्यान दिन सुझाव दिएका छन् । पछिल्लो समय डेङ्गी सङ्क्रमण फैलिन थालेकाले लामखुट्टेको टोकाइबाट जोगिन पनि उनको सुझाव छ ।