काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रपियाँबाट उकालो गरेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गरेकाे पत्रकार भेटघाटमा बताएका हुन् ।
उनले प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्ब ११ अर्ब रुपियाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपियाँ पुगेको जानकारी दिए ।
प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्याङ्कन गरेको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको बताए ।
प्रतिक्रिया