आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त

आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त



काठमाडौँ । प्रतिष्ठित टेक्नो ब्रान्डले प्रसिद्ध नेपाली क्रिकेटर तथा युवा आइकन आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा सो नियुक्ति गरिएको हो ।

आकर्षक प्रस्तुतिको साथ सुरु भएको उक्त कार्यक्रमले टेक्नोको यात्रा, भिजन र नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने प्रतिबद्धतालाई उजागर गरेको थियो भने यसको मुख्य आकर्षण टेक्नो नेपालका ब्रान्ड एम्बेसडरहरूको घोषणा रहेको थियो। कार्यक्रममा विरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, र क्यानका सचिव पारस खड्काको उपस्थिति रहेको थियो ।

युवा र ऊर्जावान खेलाडीहरूका रूपमा चिनिएका आरिफ शेख र आसिफ शेखले टेक्नोको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’ को भावलाई दर्शाउनेमा टेक्नो विश्वस्त रहेको बताइएको छ।

टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले साझेदारीको बारेमा टिप्पणी गर्दै भने, ‘हामी आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ। उनीहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङसँग मेल खान्छ। हामी आशा गर्छौं कि टेक्नोसँगको उनीहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाहरूको संलग्नतालाई अझ उच्च बनाउनेछ।’

उक्त अवसरमा आरिफ शेखले भने, ‘म यो साझेदारी र यसले दर्शकहरूलाई संलग्न गराउने सम्भावनाहरूबाट उत्साहित छु। एक क्रिकेटरको हैसियतमा, म टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्छु किनकि खेल जगतमा मेरो उत्कृष्टताको खोजी यसको लक्ष्यसँग मिलेको छ ।’

आसिफ शेखले थपे, ‘टेक्नो नेपालको उत्कृष्टता मेरो जोश र जाँगरसँग पूर्ण रूपमा मिल्दोजुल्दो रहेको छ। यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस गरेको छु। यसले मलाई फ्यानहरूसँग जोडिने अवसरहरू सिर्जना गर्नेछ ।’