केपी कमरेडलाई अप्ठ्यारो पर्ला भनेर विगतका विमति उठाउन छाड्दैनौँ : विश्वप्रकाश शर्मा

केपी कमरेडलाई अप्ठ्यारो पर्ला भनेर विगतका विमति उठाउन छाड्दैनौँ : विश्वप्रकाश शर्मा


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँग विगतमा भएको विमतिका बीचमा सहमति गरेर गठबन्धन बनाएकाले आफूहरू चुप नबस्ने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै काँग्रेस र एमालेबीचको विमतिहरूलाई जबरजस्ती छोप्न खोजे दुर्घटना हुने बताए।

उनले भने, ‘अहिले पनि काँग्रेस र एमालेबीच भएको विमतिहरूलाई हामीले तिलाञ्जली दियौँ, जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ। एमालेसँगको विमतिलाई हामीले बुझ्नुपर्छ एमालेसँगको कतिपय दृष्टिकोणमा हामी सहमत छौँ। हाम्रो पार्टी, विचार नै फरक हो फरक, विगतका विमतिका विषयमा बोल्दै गर्दा गठबन्धन भत्किन्छ। केपी कमरेडलाई अप्ठ्यारो होला भनेर काँग्रेसले सोच्नुपर्ने, एमालेकाले बोल्दा शेरबहादुर देउवालाई पर्ला बनेर चुप लाग्नुपर्ने, हामीले चुप लाग्नको लागि बनाएको गठबन्धन होइन। यो गठबन्धन विमतिका बीचमा सहमति गरेर बनाएका छौँ।’

उनले सरकारको काम र गतिविधिलाई काँग्रेसले गम्भीरताका साथ हेर्ने बताए। उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्डले काँग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय नगर्ने महासमितिले भनेपछि सहकार्य तोडेको सुनाए।

उनले अगाडि भने, ‘काँग्रेसको महासमिति बैठक सकिएको दुई साताभित्रै काँग्रेस र माओवादीको गठबन्धन टुट्यो। त्यसबेला तत्कालीन प्रधानमन्त्रीले भन्नुभयो काँग्रेसले आगामी निर्वाचनमा एक्लै लड्ने, गठबन्धन कसरी हुन्छ भन्नुभयो। त्यसबेलामा उहाँले विश्वासको मत माग्दा हामीले नदिँदै गर्दा हामीले भनेका थियौँ तपाईँले गम्भीर गल्ती गर्नुभयो, काँग्रेसले पार्टीले आफ्नो दस्तावेजमा के लेख्ने भन्ने कुरा तपाईँलाई सोधेर लेख्दैन भनेर।’

उनले प्रदेशमा रमिता चलिरहेको उल्लेख गर्दै जनतामा निराशा बढिरहेको बेलामा मधेश प्रदेशमा भएको भद्रगोलको दोष मुख्यमन्त्रीलाई मात्रै दिएर नपुग्ने बताए।