काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सात भदौसम्मका लागि स्थगित भएको छ । २३ साउनमा सुरु भएको बैठक सोमबारसम्म चलेको थियो । बैठकमा केन्द्रीय सदस्यहरू, सरकारमा सहभागी मन्त्रीहरू र प्रदेश सभापतिहरूले बोल्ने क्रम सकिएको छ । तर, पदाधिकारीको बोल्ने पालो आइसकेको छैन ।
सोमबार संघीय सरकारमा सहभागी रहेका कांग्रेसका मन्त्रीहरूले आफ्नो मन्त्रालयबाट भइरहेका कामबारे बैठकमा जानकारी गराएका थिए । त्यसपछि सात भदौसम्मका लागि बैठक स्थगित गरिएको छ ।
प्रतिक्रिया