काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झन्डै अढाई २ किलोको साङलो बाधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिईएको हो ।
राज्यका हरेक निकायमा दलितको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग गर्दै विगत सात दिनदेखि माइतीघरमा नेल लगाएर प्रदर्शन गरिरहेका उनी मंगलबार संसद प्रवेश गर्न खोजेका थिए । नेल लगाएर संसद भवनमै प्रवेश गर्न खोजेपछि प्रहरीले गिरफ्तार गरेको हो ।
सुनार लामो समयदेखि दलित अधिकारका लागि आन्दोलन तथा अभियान चलाउँदै आएका छन् ।
हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखेको छ ।
प्रतिक्रिया