काठमाडौं । आफ्नी श्रीमतीको निर्मम ढंगबाट हत्या गरी ११ टुक्रा पारेर गाड्ने श्रीमानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । उत्तरी मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मंगलबहादुर पाख्रीनले आफ्नी २० वर्षीय श्रीमती लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरी हत्या गरेर शवलाई ११ टुक्रा बनाएर नजिकैको सामुदायिक वनमा लागि गाढेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पाख्रीनले गत २७ गते श्रीमतीको हत्या गरी सोही दिन बन्चरोले शवलाई टुक्रा बनाएर नजिकैको सामुदायिक वनमा गाढेका थिए । घटनापछि उनले श्रीमतीको कपडा समेत सोही स्थान नजिकै गाडेको प्रहरीको भनाइ छ ।
गाउँमा एक्कासि महिला हराएपछि प्रहरीले मंगलबहादुरलाई पक्राउ गरी सोधपुछ गर्दा उनले श्रीमती मारेर गाडेको स्थान देखाएको प्रहरीको भनाई छ । प्रहरीले पाख्रीनलाई १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया