काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनबारे चलेको हल्ला गलत भएको बताएका छन् ।
बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘पार्टी फुट्ने हल्ला निराधार हो, पार्टीमा गरिएको आशङ्का र भ्रम पनि यो बैठकबाट चिरियो’, उनले भने, ‘कमरेड प्रभाकरले पार्टी फुटाउने भनेर भएको चर्चा आशङ्का गलत हो ।’
प्रचण्डले वर्तमान केपी ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसद्मै बोल्ने बताए । उनले भने, ‘यो सरकारको विषयमा म केही दिनमा संसद्मै बोल्छु ।’
टीआरसी विधेयकका सवालमा प्रचण्डले अब शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको भन्दै लामो समय लगाएर विधेयकलाई पीडित मैत्री बनाउने प्रयास गरिएको बताए । ‘पीडित साथीहरूलाई ढुक्क रहन आग्रह गर्छु अब सबै मिलेर कार्यान्वयनमा लैजानुपर्छ । उनीहरूका लागि परिपूरण र सम्मान भएकाले कसैले पनि अन्यथा लिनुपर्ने छैन’, उनले भने ।
प्रतिक्रिया