दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । दिउँसो १ बजेको लागि बैठक आह्वान गरिएको छ ।
कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ठूला दुई राजनीतिक दलवीच भएको समीकरणका आधारमा मुख्यमन्त्री आचार्य विश्वासको मतको परिणामप्रति ढुक्क छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले हृवीप जारी गरेका छन् ।
लुम्बिनीका साना राजनीतिक दलले समेत मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने योजना बनाएका छन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसदको समर्थन चाहिन्छ ।
प्रतिक्रिया