काठमाडौं । बंगलादेशको पछिल्लो राजनितिक घटनाका कारण आइसिसी महिला टी–२० विश्वकप क्रिकेट संयुक्त अरव इमिरेट् (युएई) मा हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले यसअघि बंगलादेशमा अक्टोबर ३ देखि २० तारिखसम्म आयोजना तय भएको विश्वकप युएई सारेको हो । आइसिसीका अनुसार महिला विश्वकपका खेलहरु युएई र शारजहामा शहरमा हुनेछ ।
आइसिसीले पछिल्लो महिना बंगलादेशमा चर्किएको सरकार विरोधी अन्दोलका कारण स्थिति तवनपूर्ण रहेकोले विश्वकप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सम्भव नभएको उल्लेख गरेको छ ।
आन्दोलनका कारण महिला विश्वकपमा सहभागिता जनाउने अस्ट्रेलिया, इङ्ल्यान्ड र भारत सरकारले आफ्ना नागरिकलाई बङ्गलादेश यात्रा नगर्न ट्राभल एडभाइजरी समेत जारी गरेका थिए । महिला टी–२० विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया