काठमाडौं । काठमाडौं । नेकपा एकीकृत समाजवादीले निर्वाचन प्रकृयाबाट पदाधिकारी निर्वाचित गरेको छ । हिजो मंगलबार मतदान प्रकृया सुरु गरेर बुधबार बिहान २ बजे मत परिणाम सार्वजनिक गरेको थियो । पदका आकांक्षी धेरै भएपछि मतदान प्रकृयाबाट पदाधिकारी छनोट गर्नुपरेको पार्टीले जनाएको छ । अध्यक्ष माधवकुमार नेपाल, सिनियर नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाल र वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत भएका थिए । अन्य पदका लागि हिजो निर्वाचन भएको थियो ।
निर्वाचन प्रकृयाले केही सिनियर नेताहरुलाई पाखा लगाएको छ । महिला उपाध्यक्षमा रामकुमारी झाक्रीसहित जीवनराम श्रेष्ठ र विरोध खतिवडा पनि पराजित भएका छन् ।
वरिष्ठ उपाध्यक्ष:
१. क. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)
उपाध्यक्ष
१. क. जयन्ती राइ (पुर्व उपाध्यक्ष)
२. क. धर्मनाथ शाह (पुर्व उपाध्यक्ष)
३. क. प्रकाश ज्वाला (पुर्व उपमहासचिव)
४. क. जगन्नाथ खतिवडा (पुर्व उपमहासचिव)
५. क. गंगालाल तुलाधर (पुर्व उपमहासचिव)
६. क. भानुभक्त जोशी
उप- महासचिव :
१. क. गरिमा शाह (निवर्तमान सचिव)
२. क. राजेन्द्र राइ (निवर्तमान सचिव)
३. क. मेटमणी चौधरी
४. क. रामकुमार भट्टराई
समावेशी सचिब :
१. क. बलदेव चौधरी
२. क. गणेश विक
खुल्ला सचिब :
१. क. शेरबहादुर कुँवर
२. क. चन्द्र ब. शाही
३. क. सोम प्रसाद पाण्डे
४. क. सावित्री भुसाल
५. क. श्रीनाथ बराल
प्रतिक्रिया