काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशबीचकाे खेल शुरू भएकाे छ । फाइनल खेल ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्समा शुरू भएकाे हाे ।
याे खेलमा नेपाली टोलीमा एक जना खेलाडी परिवर्तन भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बंगलादेशसँगको फाइनलमा नेपाली टोलीमा अनिल बम्जनको ठाउँमा लक्षु थापालाई राखेका छन् ।
पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बंगलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् ।
प्रतिक्रिया